काठमाडौं– नेपाली राष्ट्रिय टिमका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा डेब्यू गरेका छन्। बिपिएल टिम सिल्हेट सिक्सर्सले सन्दीपलाई प्लेइङ ११ मा राखेपछि उनले डेब्यू गरेका हुन्।
ढाकामा भइरहेको खेलमा सिल्हेटले कोमिला भिक्टोरियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
सिल्हेटमा सन्दीपसँगै कप्तान डेभिड वार्नर, मोहमद इर्फान, निकोलास पोरान, अलोक कपाली, लिन्टन दास, सब्बीर रहमान, अल अमिन हुसेन, टाक्सिन अहमेद, अफिप हुसेन र तल्वहिड हिडोए
सन्दीप बुधबार बिहान बङ्गलादेश पुगेका थिए। अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप उतैबाटै बङ्गलादेश प्रस्थान गरेका थिए। बिग बासमा मेलबर्न खेलेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थि
बङ्गलादेश प्रिमियर लिगकै दौरान सन्दीप नेपाली टोलीमा सामेल हुने युएई पुग्नेछन्। नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ। नेपाली टिमका कप्तान पारस खड्काले पनि सन्दीप युएई जाने पुष्टि गरिसकेका छन्। युएई जाने भएपछि सन्दीपले बिपिएलका खेल पनि गुमाउनेछन्।
युएईपछि सन्दीप बिपिएल खेल्न फेरि बंगलादेश जानेछन्। त्यसपछि उनी फेरि अन्तिम सत्रको खेल खेल्न अस्ट्रेलिया पुग्नेछन्।
बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई,दोस्रो खेलमा तीन,तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए।उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।