अबुधावी- एएफसी एसियन कप २०१९ फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आयोजक युएई बराबरीमा रोकिएको छ। शनिबार अबुधावीको जायद सिटी स्पोर्ट्स रंगशालामा भएको उद्घाटन खेलमा युएईलाई बहराइनले १-१ गोलको बराबरीमा रोकिएको हो।
समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। खेलको ७८ मिनेटमा बहराइनले अग्रता लियो। उसका लागि मोहमद अल रोहाइमीले गोल गरेका थिए।
खेल सकिन २ मिनेट बाँकी छदा युएईले बराबरी गोल फर्कायो। ८८ मिनेटमा अहमेद खालिलले गोल गर्दै आयोजक युएईलाई उद्घाटन खेलमा हारबाट जोगाए।
शनिबार सुरु भएको एसियन कपमा एसियाका २४ देशबीच प्रतिस्पर्धा भइरहेको छ। अस्ट्रेलियामा एसियन कपको साविक विजेता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।