म्यानचेस्टर- इंग्लिस एफए कप फुटबल प्रतियोगिताअन्तर्गत म्यानचेस्टर युनाइटेड र चेल्सी चौथो चरणमा प्रवेश गरेका छन्।
म्यानचेस्टरले शनिबार भएको खेलमा रिडिङलाई २-० गोलले हरायो। म्यानचेस्टरका लागि माटाले २२ मिनेटमा पेनाल्टी र पहिलो हाफको इन्जुरी टाइममा रोमेलु लुकाकुले गोल गरे।
चेल्सीले नर्थ फरेस्टलाई २-० गोलले नै हरायो। चेल्सीको जितमा अल्भारो मोराटाले ४९ र ५९ मिनेटमा गोल गरे।
अन्य खेलमा स्वान्सीले एस्टन भिल्लालाई ३-०, वेस्ट ह्यामले बर्मिङहमलाई २-०, वेस्ट ब्रुमले विगानले १-० ले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।