काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगको अन्तिम खेलमा पूर्व च्याम्पियन नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ। पुलिसलाई सरस्तवी क्लबले १–१ गोलको बराबरीमा रोकेको हो।
५० मिनेटमा जावालाखेलले पेनाल्टीमार्फत अग्रता लियो। उसक लागि भिक्टरले पेनाल्टीमा गोल गरेका हुन्। ३ मिनेटपछि निरकुमार राईको पासमा रवि पासवानले गोल गरेपछि पुलिसले बराबरी गोल फर्काउन सफल भयो।
बराबरीसँगै जारी सिजनको लिग सकेको पुलिस १३ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा सीमित रह्यो। जित हात पारेको भए पुलिसले २० अंक जोडेर पाँचौ स्थानमा रहेको सशस्त्र प्रहरी बललाई पछि पार्ने सम्भावना हुने थियो। किनकी सशस्त्रले अन्तिम खेलमा अंक गुमाउदा पुलिसलाई फाइदा पुग्न सक्थ्यो।
सातौं स्थानको हिमालयन शेर्पाको १७ अंकले छ। अन्तिम खेलमा ५ गोल बढीको जित निकाले शेर्पा छैटौं स्थानमा पुग्नेछ। तर यो सम्भावना कम छ। यता सरस्वती १४ अंक जोड्दै नवौं स्थामा रह्यो। दशौं स्थानको जवालाखेलले सबै खेल खेल्दा १३ अंक मात्र जोडेपछि सरस्वतीको नवौं स्थान पक्का रह्यो।
यता च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेले। खेलको दशौं मिनेटमा अर्जुन सुब्बाले गोल गरेर जवालाखेललाई अग्रता दिलाएका थिए। ३२ मिनेटमा च्यासलले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। च्यासलका लागि छिरिङ गुरुङले बराबरी गोल गरे।
अन्तिम खेलमा बराबरी खेलेसँगै च्यासल १६ अंक जोडेर आठौं र जावलाखेल दशौं स्थानमा छन्। ११औं स्थानको ब्रिगेडको ९ अंक भएपछि च्यासल आठौं र जावलाखेल दशौं भन्ने पक्का भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।