सहरजा (एजेन्सी)– पाकिस्तान विरुद्ध पाँचौ तथा अन्तिम एकदिवसीयमा श्रीलंका फेरि दबाबमा देखिएको छ। सोमबार युनाइटेड अरब इमिरेट्स (युएई) को सहरजामा भइरहेको अन्तिम एकदिवसीयमा श्रीलंकाले पाकिस्तानी बलर उसमान खानको बलिङ अगाडि घुँडा टेकेको छ।
उनले ७ ओभरमा ३४ रन खर्चेर ५ विकेट ढालेपछि श्रीलंका २६ दशमलव २ ओभरमा १ सय ३ रन बनाएर अल–आउट भयो। श्रीलंकाका लागि थिसारा परेराले पुछारमा बनाएको २५ रन नै सर्वाधिक थियो। लाहिरु थिरिमानेले १९ र सिकुज प्रसन्नाले १६ रन बनाएका थिए। चमेराले पनि पुछारमा ११ रन बनाएका थिए।
हसन अली र सदाब खानले २–२ विकेट लिए। यसअघि श्रीलंका विरुद्धको ४ एकदिवसीय खेलमा पाकिस्तान विजयी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।