वासिङ्टन- विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिएका छन्।
वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताएका थिए।
मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताए।
मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ।
गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन्। यस विषयमा संसदले अटेर गरिरहेमा आफूले राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।