• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश–१ का ७ प्रतिनिधिसभा क्षेत्रमा वाम गठबन्धन बलियो, यस्तो छ मतको हिसाब

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ६, २०७४  १७:४३
1140x725

काठमाडौं– प्रदेश १ मा १४ वटा जिल्ला छन्। जसमध्ये मंसिर १० गते ७ वटा जिल्लामा चुनाव हुन गइरहेको छ। यी सातै वटा जिल्लामा प्रतिनिधिसभातर्फ एक–एक वटा निर्वाचन क्षेत्र छन्। ७ वटै निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा खसेको मतलाई विश्लेषण गर्ने हो भने वामपन्थी गठबन्धन निकै बलियो देखिन्छ। यहाँका ६२ वटा स्थानीय तहमध्ये एमालेले २९, कांग्रेसले २८ र माओवादीले ५ तहको नेतृत्व गरिरहेका छन्। 

गाउँपालिका÷नगरपालिका प्रमुखमा भएको जितको हिसाबले एमाले र कांग्रेसबीच ठूलो मतअन्तर नदेखिए पनि कुलमतलाई जोड्दा एमाले अघि छ। त्यसमा माओवादीलाई प्राप्त भएको मत जोड्ने हो भने उनीहरुको गठबन्धनले प्रायः सबै सिटमा जित्न सक्छन्। गठबन्धनको कुल मत कांग्रेसको तुलनामा झन्डै ८० हजारभन्दा बढी हुन आउँछ।

मंसिर १० गते हुने चुनावमा गठबन्धनका तर्फबाट एमालेले ५ र माओवादीले २ ठाउँमा उम्मेदवारी दिएका छन्। स्थानीय तहको मतलाई यथावत मान्ने हो भने ७ मध्ये ४ वाट निर्वाचन क्षेत्रमा एमाले एक्लैले जित निकाल्न सक्छ। तर, एमालेको बढी मत आएका ४ क्षेत्रमध्ये ३ वटामा मात्रै उसको उम्मेदवारी छ। एमालेका उम्मेदवारी परेका बाँकी २ क्षेत्रमा कांग्रेसको मत बढी छ। माओवादीको उम्मेदवारी परेका २ क्षेत्र मध्ये एकमा एमाले बलियो छ भने एकमा कांग्रेस। तर, गठबन्धनको मत धेरै नबाडिए एकअर्काको मतको सहयोगले एमाले र माओवादीले जित्न सक्ने सम्भावना देखिन्छ। 

७ मध्ये ४ वटामा एमाले र माओवादीप्रति नजिकका मतदाता गठबन्धनप्रति कति सकारात्मक रहन्छन् भन्ने कुराले उनीहरुको जित निर्भर रहन्छ। यद्यपि, ती क्षेत्रमा वामपन्थी मत बढी छ।

त्यसो त यी क्षेत्रमा एमालेको प्रभाव पहिल्यैदेखि बलियो हो। ०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा पनि प्रदेश १ का ७ जिल्लाका १३ निर्वाचन क्षेत्रमध्ये ८ वटामा एमालेले जितेको थियो भने ५ वटामा कांग्रेसले जितेको थियो। 
स्थानीय तहमा प्राप्त मत र संविधानसभाको दोस्रो निर्वाचनलाई समेत आधार मानेर यी ७ क्षेत्रमा  वाम गठबन्धनलाई बलियो मानिएको हो।

ताप्लेजुङः गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये नेकपा एमालेका उम्मेदवारले ५ ठाउँमा मेयर÷प्रमुख जितेका थिए। र, उनीहरुले पाएको कुलमत २० हजार ५ सयभन्दा बढी छ। जिल्लाभर नै एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो। ४ वटा स्थानीय तह जितेको कांग्रेसले १९ हजार ५ सय मत कटाएको थियो। 

गठबन्धनका कारण माओवादीले ल्याएको मत पनि एमाले उम्मेदवारलाई जोडिने हो भने एमालेका उम्मेदवारको जित सहज हुने देखिन्छ। माओवादीले ३ हजार ५ सयभन्दा बढी मत ल्याएको छ। गठबन्धनका तर्फबाट ताप्लेजुङमा एमालेका सचिव योगेश भट्टराई उम्मेदवार छन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस नेता केशव दाहाल प्रतिस्पर्धामा छन्।

पाँचथरः प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरका कुल ८ स्थानीय तहमध्ये ४ वटा कांग्रेस, ३ वटा एमालेले र एउटा माओवादीले जितेका थिए। एमालेले जिल्लाभरि २६ हजारभन्दा केही बढी मत पाएको थियो। कांग्रेसले २७ हजार ७ सयभन्दा बढी मत पाएको थियो। माओवादीले १३ हजार ५ सयभन्दा बढी मत पाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ वाम गठबन्धनका तर्फबाट एमालेका बसन्तकुमार नेम्बाङ उम्मेदवार छन्। गठबन्धनका उम्मेदवारप्रति माओवादीका मतदाता कति इमान्दार बन्छन् भन्ने कुराले नेम्बाङको जित निर्भर रहन्छ। यहाँ कांग्रेसका तर्फबाट भीष्मराज आङदेम्वे उम्मेदवार छन्।

संखुवासभाः संखुवासभाका कुल १० स्थानीय तहमध्ये एमाले र कांग्रेसले ५–५ स्तानीय तह बाँडेका थिए। स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाभरि २७ हजार २ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २६ हजार १ सयभन्दा बढी मत पाएको थियो। माओवादीले ६ हजार ५ सयभन्दा बढी मत पाएको थियो। जिल्लाको एउटा मात्रै निर्वाचन क्षेत्रका लागि वामपन्थी गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र गौतम उम्मेदवार छन्। कांग्रेसबाट दीपक खड्का उम्मेदवार छन्। यहाँ पनि स्थानीय तहअनुसारकै मतदान भएमा र वामपन्थी मत नबाँडिएमा गौतमले सहजै जित निकाल्न सक्छन्।

भोजपुरः यहाँका कूल ९ स्थानीय तहमध्ये एमाले र कांग्रेसले ४–४ र माओवादीले १ ठाउँमा जितेका थिए। जिल्लाभरमा एमालेले झन्डै २३ हजार मत पाएको थियो भने कांग्रेसले २० हजार ५ सयभन्दा केही बढी मत पाएको थियो। माओवादीले १५ हजार ५ सयभन्दा बढी मत ल्याएको थियो। यहाँ वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार सुदन किँराती मैदानमा छन्। कांग्रेसका तर्फबाट उमेशजंग रायमाझी उम्मेदवार छन्। किँरातीले जित्नका लागि स्थानीय तहमा एमालेलाई मत दिएका मतदाताको भर पर्नुपर्ने हुन्छ। ती मतदाताले गठबन्धनलाई रुचाएको अवस्थामा उनले ठूलै अन्तरमा जित हासिल गर्न सक्नेछन्।

सोलुखुम्बुः सोलुखुम्बुका ८ स्थानीय तहमध्ये एमालेले ४, माओवादी केन्द्रले ३ र कांग्रेसले १ ठाउँमा जित हासिल गरेका थिए। सो नतिजाले पनि वाम गठबन्धनको पल्ला भारी देखाउँछ। प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लामा वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार हेमकुमार राई प्रतिस्पर्धा गर्दैछन् भने कांग्रेसका तर्फबाट बलबहादुर केसी उम्मेदवार छन्। स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाभर १२ हजार २ सयभन्दा बढी मत पाएको थियो। कांग्रेसले १२ हजार ७ सयभन्दा बढी मत पाएको थियो। माओवादीले ११ हजार मत पाएको थियो। स्थानीय निर्वाचनमा मत दिएकै आधारमा मतदाताले गठबन्धनलाई पनि रुचाए भने राईको जित पक्का देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खोटाङः यस जिल्लाका १० स्थानीय तहमध्ये ५ मा एमाले, ४ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी भएका थिए। यहाँ एमालेले २५ हजार ७ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २० हजार ८ सयभन्दा केही बढी मत पाएको थियो। माओवादीले भने १७ हजार ७ सयभन्दा बढी मत पाएको थियो। प्रतिनिधिसभाका लागि एउटा मात्रै क्षेत्र रहेको यो जिल्लामा वामपन्थी गठबन्धनको तर्फबाट एमालेका विशाल भट्टराई उम्मेदवार छन्। जिल्लामा एमाले एक्लैको अवस्था नै सुदृढ रहेकाले माओवादीको पनि मत जोडिँदा भट्टराईले सहजै जित्ने देखिन्छ।

ओखलढुंगाः यो जिल्लामा पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै क्षेत्र छ। यहाँ वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार र कांग्रेसका तर्फबाट रामहरि खतिवडा प्रतिस्पर्धा गर्दैछन्। स्थानीयत तहको निर्वाचनमा ४ ठाउँमा कांग्रेस, ३ ठाउँमा एमाले र १ ठाउँमा माओवादी विजयी भएका थिए। दुई दलको मात्र तुलना गर्दा यहाँ एमालेभन्दा कांग्रेस बलियो छ। यहाँ एमालेले २३ हजार ७ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २६ हजार १ सयभन्दा बढी मत पाएको थियो। माओवादीले पाएको मत ९ हजार हाराहारी थियो। गठबन्धनप्रति माओवादी मतदाता पूर्णरुपमा सकारात्मक देखिए भने एमालेका उम्मेदवारको जित हुन सक्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ माैसम पूर्वानुमान ?
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै
डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो
सम्बन्धित सामग्री
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको परराष्ट् मन्त्रालय स्रोतले जनाएको छ । बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह “अतः सरकारबाट प्रस्तावित अध्यादेश प्रमाणीकरण नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासंघ जोडदार माग गर्दछ। र, नेपाल पत्रकार महासंघलगायत स... बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपी केसीले के भने ? केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आ... बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
के छ माैसम पूर्वानुमान ? बिहीबार, कात्तिक १९, २०८३
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै बिहीबार, कात्तिक १९, २०८३
डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह बुधबार, कात्तिक १८, २०८३
ट्रम्पलाई मध्यावधि चुनावमा धक्का, अमेरिकी संसद्का दुवै सदनमा डेमोक्र्याटको बहुमत बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्