ब्रासिलिया- जेरुसेलमलाई इजरायलको राजधानी मान्ने कि नमान्ने भन्नेबारे विवाद चलिरहेका बेला ब्राजिलको आफ्नो दूतावास जेरुसेलममा सार्ने निर्णय निर्णय छ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन्।
'यो हाम्रो आफ्नै देशको मामिला भएकाले न इरानसँगको मामिला हो न अरबी देशहरूसँगको,' उनले भने।
एसबिटी टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले यो विषयमा निर्णय भइसकेको र अब कार्यान्वयनको चरणमा रहेको बताए।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु जनवरी एकमा राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केही दिनपछि यस्तो निर्णय सार्वजनिक भएको हो।
ब्राजिलका नयाँ राष्ट्रपति बोल्सोनारोको अमेरिका र इजरायलसँग राम्रो सम्बन्ध रहेको मानिन्छ। ब्राजिलको दूतावास जेरुसेलममा सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमीका रहेको मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।