लन्डन– इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कपको तेस्रो चरणको खेलमा टोटनह्यामले इतिहास बनाएको छ।
टोटनह्यामले तेस्रो डिभिजनको क्लब ट्रामेर रोभर्समाथि ७–० को जित निकाल्दै रेकर्ड बनाएको हो। टोटनह्यामले अवे खेलमा सबैभन्दा ठूलो अन्तरको जित हात पार्दै इतिहास बनाएको हो।
टोटनह्यामका लागि फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे। उनले खेलको ४८, ७१ र ७२ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। त्यसअघि अउरियरले ४० र ५५ मिनेटमा गरी १ गोल गरेका गिए। सन हेउन मिनले ५७ र ह्यारी केनले ८२ मिनेटमा १–१ गोल थपे। जितसँगै टोटनह्याम चौथो चरणमा पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।