• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

यसरी बनेको थियो नेपालको पहिलो आधिकारिक राष्ट्रिय क्रिकेट टिम 

64x64
नेपाल लाइभ शुक्रबार, पुस २०, २०७५  १७:५०
1140x725

एलबी क्षेत्री -

वीरगन्जको १२औं जय ट्रफी किन पनि महत्वपूर्ण थियो भने यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिम तयारी हुँदै थियो। त्यो पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि। एसियाली क्रिकेट परिषद् (एसिसी) ले टेस्ट मान्यता नपाएका एसियाली राष्ट्रहरुबीच भाइचारा बढाउनुका साथै क्रिकेटको विकास गर्ने उद्देश्यले पहिलोपटक एसीसी ट्रफी सुरु गर्दै थियो।

प्रथम एसीसी च्याम्पियनसिप मलेसियामा गर्ने तय भएको थियो। नेपाल क्रिकेट संघ (क्यान) लाई राष्ट्रिय टिम तयार गर्नैपर्ने थियो। तसर्थ, जय ट्रफीमा उच्च प्रदर्शनका आधारमा २४ जनालाई प्रारम्भिक छनोट गरियो। बाँकेबाट गणेशबाहुदर शाही र म छानियौं। हामीलाई  वीरगन्जमै बन्द प्रशिक्षणका लागि बोलाइयो। माइस्थानको धर्मशालामा बस्ने, मेसमा खाने र नारायणी रंगशालामा प्रशिक्षण गराइयो। बन्द प्रशिक्षणका लागि भारतका वीरेन्द्र भटनगर र पाकिस्तानका फारुक जामानलाई प्रशिक्षकको रुपमा ल्याइएको थियो। उनीहरुसँगै नेपाली प्रशिक्षकहरु अरुण अर्याल र सुनोज भट्टराईको निगरानीमा बन्द प्रशिक्षण चल्यो। वीरगन्जको चर्को गर्मीमा एक महिना बन्द प्रशिक्षण गर्नु निकै कठिन थियो। बिहान-बेलुका दौडने र अभ्यास गर्ने गर्थ्यौ। तापक्रम ४२ डिग्री नाघेको थियो। एकमहिने बन्द प्रशिक्षणमा छाला डढेर म झन् कालो भएको थिएँ।

म प्रदर्शनबाट सन्तुष्ट थिएँ। त्यसैले टिममा पर्ने आत्मविश्वास पलाएको थियो। नेपालबाट पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा छनोट प्रकिया के-केस्तो हवला भन्ने संशय भने मनमा थियो। किनभने खेलाडी छनोटमा भारतको पनि भनसुन चल्थ्यो। वीरगन्ज छनोटमा त्यस्तो हुने सम्भावना कमै थियो। नभन्दै बन्द प्रशिक्षणपछि छनोट हुने १८ जनामा बाँकेबाट म र गणेश अटाएका थियौं। राष्ट्रिय टिम गर्न अझै ४ जना खेलाडी हट्न बाँकी नै थियो। मैले मिहिनेत, लगनशीलता र अनुशासनमा कहीँकतै कमी आउन थिएको थिइनँ। त्यसैद्ये १४ सदस्यीय टिममा गणेश र म पनि पर्यौं । यसले बङ्गालमा हराएको मेरो क्रिकेट खुसी फर्किएझैं लाग्यो।

मेरा दुई सपना थिए, पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल्ने। दोस्रो,  त्यो पनि नेपालको राष्ट्रिय टिमबाट। भारतमै बसेर सपना देखेको खेलाडी आफ्नै दशको राष्ट्रिय जर्सीमा खेल्न पाउने कम्ति गर्वको विषय थिएन। साँच्चै त्यो जीवनके ठूलो खुसी थियो। 

प्रथम एसीसी १९९६ मलेसिया 
वीरगन्जको एकमहिने बन्द प्रशिक्षणपछि म कोहलपुर फर्केँ। २२ अगस्ट १९९६ मा क्यान अध्यक्ष जयकुमारनाथ शाहले हस्तक्षर गरेको फ्याक्स प्राप्त भयो। त्यसमा राष्ट्रिय टिममा छनोट भएका खेलाडीको अन्तिम नामावली थियो। जिम्मेवारी बाँडफाँट गरिएको थियो। फ्याक्स हात पारेपछि खुसीको झन् सीमा रहेन। किनभने मलाई उपकप्तानको जिम्वारी दिइएको थियो। कप्तानमा उत्तम कर्माचार्या छनोट भएका थिए।

सँगै,  जिम्मेवारीबोध पनि गरायो। पहिलो राष्ट्रिय टिममा उत्तमकुमार कर्माचार्य (धनुषा) कप्तान, लेखबहादुर क्षेत्री (बाँके) उपकप्तान, मनीषराज पाण्डे (मोरङ), पवन अग्रवाल (बारा), पुकार पन्त (ललितपुर), सञ्जय गुरुङ (रुपन्देही), जगत टमाटा (रुपन्देही), राजु खड्का (रुपन्देही), मुसरफ इजहार (पर्सा), गणेश शाही (बाँके), किरण राणा (काठमाडौं), बसन्त शाही (रुपन्देही), विशाल गुप्ता (बारा) र रितेश बराल (धनुषा) थिए।

चार जनालाई वैकल्पिकमा राखिएको थियो। त्यसमा क्रिकेट किपरको रुपमा शङकर राणा, ब्याट्सम्यान सन्दीप श्रेष्ठ,  अलराउन्डरका रुपमा सर्वजित पाण्डे र बलरको रुपमा राकेश पन्त थिए। छनोट समितिको संयोजकमा तत्कालनि क्यानका टीबी शाह थिए। उनले लामो समय नेपाली क्रिकेटको सेवा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

प्रथम एसीसी च्याम्पियनसीप ६ देखि १६ सेप्टेम्बरमा मलेसियामा हुँदै थियो। पहिलो दिन नै हम्रो म्याच थियो। त्यसैले ४ सेप्टेम्बरमै हामी उड्यौ। क्यानका तत्कालन महासचिव विनयराज पाण्डेको कार्यालयबाटै क्याको सम्पूर्ण गतिविधि सञ्चालन हुन्थ्यो। पोसाक र जुत्ता हामीले त्यहीँबाट पायौं। क्यानका अध्यक्ष साह, उपाध्यक्ष टीबी साह, महासचिव पाण्डेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिमलाई बिदाइ गरे। बिदाइका बेला अध्यक्ष साहले भनेका थिए, 'ल, राम्रो गरेर फर्किनु ।'  दौरासुरुवाल, कोट र भदागाँउले टोपीले खेलाडीहरु सजिएका थिए। मेरा लागि राष्ट्रिय पोसाक पहिरिएको त्यो पहिलो अनुभव थियो। त्यसैले फोटो सेसनमा म रमाएको थिएँ। थाइल्यान्ड हुँदै हामी क्वालालम्पुर पुग्यौं। त्यहाँबाट बसले हामी बस्ने पाँचतारे होटल क्राउन प्रिन्सेस पुर्यायो।

मलेसियामा टर्फ र स्ट्रोटर्फमा प्रतियोगिता भएको थियो। प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। जसलाई २ समूहमा बाँडिएको थियो। एउटा समूहबाट शीर्ष २ देश सेमिफाइनल पुग्थे।

नेपाली क्रिकेटको डेब्यू खेल 
नेपालले आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दै थियो। मैले पनि राष्ट्रिय टिम र एसिसी च्याम्पियनसिपमा डेब्यू गर्दै थिएँ। नेपालले क्वालालम्पुरको तेनागा नेसनल स्पोर्ट्स कम्प्लेक्समा बंगलादेशसँग पहिलो खेल ६ सेप्टेम्बरमा खेल्यो। बंगलादेशले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १३ रन बनायो। हारुन रसिदले ५२ रन बनाएका थिए। मैले र राजु खड्काले २–२ विकेट लियौं। 

नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाउँदा पानी पर्यो। वर्षात्ले खेल रोकिएपछि फास्ट स्कोरिङ रेटका आधारमा बंगलादेशलाई विजयी घोषणा गरियो। 

Xtrem

Xtrem

७ सेप्टेम्बरमा नेपालले पेनाङको मैदानमा जापानसँग दोस्रो म्याच खेल्यो। जापान ३३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा समेटियो। नेपालका तर्फबा६ मैले ६ ओभरमा ८ रन दिएर ३ विकेट लिए। गणेशले ३ वटा स्टम्पिङ र २ वटा क्याच गरेको थियो। जापानका एचमिनले सर्वाधिक १७ रन बनाएका थिए।

नेपालले ७३ रनको टार्गेटलाई १५ ओभरमै २ विकेटको क्षतिमा पुरा गर्यो। त्यसमा मनिषराज पाण्डेले २७ रनको योगदान गरेका थिए। यो नेपालको पहिलो अन्तर्राष्ट्रिय जित थियो। 

(नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान एलबी क्षेत्रीको आत्मकथा 'कप्तान १९९८' को पुस्तक अंश। पुस्तक शुक्रबार सार्वजनिक गरियो। पुस्तकलाई क्रिएटिभ बुक्सले बजारमा ल्याएको हो)

कभर तस्बिर - बसन्त शाही
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्