नयाँ दिल्ली– भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्किँदा ७ व्यक्तिको मृत्यु भएको छ।
यस घटनामा परि अन्य ८ व्यक्ति घाइते भएका छन्। ती घाइतेहरूको दुई वटा छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको बताइएको छ।
स्थानीय समयानुसार बिहीबार राति ९ः४५ मा ग्यासको सिलिण्डर विस्फोटको कारण कारखानाको पर्खाल भत्किएको थियो।
सो घटनापछि प्रहरीले तत्काल उद्धार कार्य सुरु गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उद्धारकार्य शुक्रबार बिहानसम्म पनि जारी रहेको बताइएको छ।
प्रहरीले के कति कारण घटना भएको यसको अनुसन्धान सुरु गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।