फोर्ट लाउडरभिल– संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याङ्कर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगोसमेत लागेको थियो। उद्धारकर्मीहरूले आगो नियन्त्रणमा ल्याउनुका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ।
आगलागीका कारण सडकमासमेत क्षति पुगेको छ।
फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन्।
दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरू सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।