टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जना सिफारिस

नेपाल लाइभ | २०७५ पौष २० शुक्रबार | Friday, January 04, 2019 १६:३८:०० मा प्रकाशित

काठमाडौं–  नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ।

मन्त्रालयले टेलिकमकमा पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसहित डिल्ली अधिकारी र संगीता पहाडीको नाम सिफारिस गरेको छ।

मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनोट समितिले तीन जनाको नाम सिफासिर गरेको हो।

अब मन्त्रालयले सिफारिस गरेको तीन जना मध्येबाट एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गर्ने छ।

आचार्य पूर्व प्रबन्ध निर्देशक हुन् भने अधिकारी टेलिकममा प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा काम गरिरहेको छन्।

सिफारिसमा परेका अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन्। टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो।

छनोट समितिले ८ जनाको नाम मात्रै सर्ट लिष्ट गरेको थियो। यही सर्ट लिष्टमा परेको मध्येबाट मन्त्रालयले टेलिकको प्रबन्ध निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ।