काठमाडौं– पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचनतर्फ ८ सय ७ ले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभा निर्वाचनको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ। यस्तै, प्रदेशसभामा ७४ सिटका लागि हुन गइरहेको निर्वाचनमा ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पाँच जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बाग्लुङमा दुई वटा निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार नुवाकोटमा छन्। नुवाकोट क्षेत्र नम्बर १ मा १३ र २ मा ११ गरी २४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन्।
प्रदेशसभा निर्वाचनमा पनि नुवाकोटमा सबैभन्दा बढी उम्मेदवार छन्। प्रदेशसभा निर्वाचनमा नुवाकोटमा चार वटा क्षेत्र छन्। चार सिटमा प्रतिस्पर्धाका लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
सबैभन्दा कम उम्मेदवारी मनाङबाट परेको छ। प्रतिनिधिसभा निर्वाचनमा १ सिटमा प्रतिस्पर्धा गर्न २ जनाले नाम दर्ता गराएका छन् भने प्रदेशसभाका लागि २ सिटमा प्रतिस्पर्धा गर्न ५ जनाले उम्मेदवारी दिएका छन्।
कुन जिल्लामा कति उम्मेदवार?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।