काठमाडौं– पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ग्लोब सोकर अवार्ड जितेका छन्। बिहीबार राति दुबईमा भएको कार्यक्रममा पाँच पटकका बालोन डि'ओर विजेता रोनाल्डोलाई उत्कृष्ट खेलाडीतर्फको अवार्ड हात पारेका हुन।
इटालियन क्लब युभेन्ट्सका ३३ वर्षिय स्टार रोनाल्डोले अन्तिम प्रतिस्पर्धामा विश्वकपमा उत्कृष्ट खेलेका फ्रेन्च खेलाडीद्वय केलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानलाई पछि पारेका हुन्। रोनाल्डोले ग्लोब अवार्ड जितेको यो चौथो पटक हो।
फ्रेन्च प्रशिक्षक डिडियर डेस्चाम्सलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको हो। यस्तै ब्राजिलका पूर्व स्टार फुटबलर रोनाल्डोले करिअर अवार्ड जितेका छन्।
यस्तै एट्लेटिको म्याड्रिडलाई उत्कृष्ट क्लब अफ इयर घोषणा गरिएको छ। दुबई अन्तर्राष्ट्रिय स्पोर्ट्स कन्फरेन्सका दौरान अवार्ड प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।