म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिड अर्को खेलमा बराबरीमा रोकिएको छ। रियललाई बिहीबार राति भएको खेलमा १७औं स्थानको भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो।
खेलको चौथो मिनेटमा भिल्लारियलले अग्रता लियो। उसका लागि सान्टी कार्जोलाले खेलको चौथो मिनेटमा गोल गरे। सातौं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए।
२० मिनेटमा राफायल भारेनले गोल गरेर रियललाई अग्रता दिलाउन सफल भए। ८२ मिनेटमा सान्टीले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो।
बराबरीसँगै ला लिगाको चौथो स्थानमा रहेको रियलले तेस्रो स्थानको सेभिल्लासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ। रियलको १७ खेलबाट ३० अंक छ। तेस्रो स्थानको सेभिल्लाको ३२ अंक छ। शीर्ष स्थानको बार्सिलोनाको ३७ र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।