म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेका दुई क्लबको भिडन्तमा म्यानचेस्टर सिटीले लिभरपुललाई हराएको छ। सिटीले बिहीबार राति भएको खेलमा लिभरपुलमाथि २–१ को जित हात पारेको हो।
सिटीका लागि खेलको ४० मिनेटमा सर्जियो अग्युरोले पहिलो गोल गरे। ६४ मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। लिभरपुलका लागि रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काएका हुन्।
७२ मिनेटमा लिरोए सानले अर्को गोल गरेपछि सिटीले खेलमा दोस्रो पटक अग्रता लियो।
हारसँगै लिगको शीर्ष स्थानको लिभरपुलको अपराजित यात्रा समाप्त भएको छ। लिभरपुलले यसअघिका २० खेलमा हार बेहोरेको थिएन।
जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ। शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ५४ अंक छ। सिटीको ५० अंक भएको छ। तेस्रो स्थानको टोटनह्यामको ४८ र चौथो स्थानको चेल्सीको ४४ अंक छ। आर्सनल ४१ अंक जोडेर पाँचौ र म्यानचेस्टर युनाइटेड ३८ अंक जोडेर छैटौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।