नयाँ दिल्ली- पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै १० जना बेपत्ता भएका छन् ।
सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिए। उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो।
प्रान्तीय राजधानी उडिसाको भुवनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाकामा स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो।
सो डुंगामा ५० भन्दा बढी व्यक्ति सवार थिए। हुकितोला द्वीपमा वनभोज खाएर फर्किरहेका अवस्थामा माहानदी नदीमा दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिए।
यस दुर्घटनापछि सो राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिका परिवारजनलाई चार लाख भारतीय रुपैयाँ उपलब्ध गराइने र घाइतेलाई निःशुल्क उपचार गरिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।