सिड्नी– भारत र अस्ट्रेलिया बीचको चौथो तथा अन्तिम टेस्टमा भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले शतक प्रहार गरेका छन्। पुजारा पहिलो दिनको खेल सकिदा १ सय ३० रन बनाएर खेलिरहेका छन्। उनले २ सय ५० बलको सामना गर्दा १६ चौका प्रहार गरिसकेका छन्।
पुजाराले शतक पूरा गर्न १ सय ९९ बल खेल्दा १३ चौका प्रहार गरेका थिए। उनलाई हनुमा बिहारीले ३९ रन बनाएर साथ दिइरहेका छन्।
सिरिजमा पुजाराले तेस्रो शतक प्रहार गरेका हुन्। योसँगै उनले टेस्ट क्रिकेटमा १८औं शतक प्रहार गरे। टेस्टमा उनले ६८औं खेल खेलिरहेका उनले टेस्टमा अहिलेसम्म ५ हजार ३ सय ६३ रन जोडिसकेका छन्।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३ रन जोडेको छ। भारतका ओपनर मयंक अग्रवालले ७७ रन जोड्दा लोकेश राहुल ९ रनमै आउट भएका थिए।कप्तान विराट कोहलीले २३ र अजिन्का राहाणेले १८ रन मात्र जोड्न सके।
बलिङमा अस्ट्रेलियाका जोस हजलउडले ३ विकेट लिइरहेका छन्।
४ खेलको सिरिजमा भारत २–१ ले अघि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।