म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई २–० गोलले पराजित गरेको छ। बुधबार राति भएको खेलमा युनाइटेडका लागि रोमेलु लुकाकुले पहिलो गोल गरे।
खेलको ६३ मिनेटमा मार्टियलको स्थानमा मैदान प्रवेश गरेका लुकाकुले पहिलो टचमै गोल गर्न सफल भएका थिए। मार्कोस रास्फोडको फ्रिकिकमा गोल गरेका उनले मैदान छिरेको ३८ सेकेन्डमा गोल गरेका थिए। उनले प्रिमियर लिगका पछिल्ला १२ खेलमा ११औं गोल गरेका हुन्।
म्यानचेस्टरका लागि दोस्रो गोल रास्फोडले ८० मिनेटमा गरेका थिए।
लिगको अर्को खेलमा चेल्सीलाई साउथह्याम्टनले गोलरहित बराबरीमा रोकेको छ।
जितसँगै छैटौं स्थानको म्यानचेस्टरले २१ खेलबाट ३८ अंक जोडेको छ। शीर्ष स्थानको २० खेलबाट ५४, दोस्रो स्थानको टोटनह्यामको २१ खेलबाट ४८ अंक, तेस्रो स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ४७ अंक, चौथो स्थानको चेल्सीको २१ खेलबाट ४४ अंक र पाँचौ स्थानको आर्सनलको ४१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।