चांसा– चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा भएको हिमपातका कारण ७ लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारिरीक समस्यासमेत देखा परेको छ।
हिमपात भएको हुनान प्रान्तमा ७ लाख २४ हजार १ सय जना बस्ने गरेकोमा झन्डै ३ हजार ९ सय जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ।
प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झन्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन्।
हिमपातले झन्डै ५४ हजार २ सय ८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ। हिमपातले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।