टोकियो– जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडि आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन्। उनले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ति कायम गर्न आह्वान गरेका छन्।
बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी शुभचिन्तक राजकीय भवन अगाडि भेला भएका राजदरबार कार्यालयले जानकारी दिएको छ।
८५ वर्षीय सम्राटले अन्तिम पटक दिएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई निकै चासोका साथ हेरिएको थियो।
जापानको राजतन्त्रमा यसप्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुन्। उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन्।
‘तपाईंहरुसँग खुल्ला आकासमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुसी छु’, जापानी झन्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भने। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।