मस्को– मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परि कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन्।
पूर्वी मस्कोबाट करिब १ हजार ७ सय किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ।
सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुसल उद्धार गरिएको छ। उद्धार गरिएका सो व्यक्तिहरूमा एक बालकसमेत रहेका छन्।
सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवाशीय भवनमा क्षति नभएको पनि जानकारी सरकारी स्रोतले दिएको छ।
करिब ११ सय व्यक्तिको बसोबास रहेको यस आवासीय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ।
यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरू ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ।
यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौंको सङ्ख्यामा मानिसहरु घरबारबिहीन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।