नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिमको कप्तान विराट कोहली भए पनि मैदानमा महेन्द्रसिंह धोनीको प्रभाव प्रस्टै देख्न सकिन्छ। यस्तैमा भारतीय टिमका एक सदस्यले धोनी अहिले पनि टिमको वास्तविक कप्तान भएको प्रतिक्रिया दिएका छन्।
भारतको एक अखबारलाई स्पिनर युजवेन्द्र चहलले दिएको अन्तर्वार्तामा मैदानमा कोहली कप्तानको रुपमा प्रवेश गरे पनि धोनीले कप्तानीको जिम्मेवारी लिने गरेको खुलासा गरे।
उनले भने–‘धोनी भाई, अहिले पनि हामीहरुको कप्तान हुन्। कोहली भाई मिडअन वा लङअनमा फिल्डिङ गरिरहेको बेला उनी जति बेला पनि हामीलाई गाइड गर्न सक्दैनन्। यस्तोमा धोनीले हामीलाई सम्हाल्छन्।’
धोनीलाई पनि एकचोटी होइन, थुप्रै पल्ट मैदानमा खेलाडीलाई निर्देशन दिँदै गरेको देखिएको छ। २७ वर्षीय यजुवेन्द्रले धोनीसँग कप्तानीको धेरै अनुभव भएको र उनीबाट सिक्न पाउँदा खुसी लाग्ने गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।