लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले वर्षका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अवार्ड आज राति सार्वजनिक गर्दैछ। लन्डनमा हुने अवार्ड समारोह नेपाली समय अनुसार राति सवा १२ देखि सुरु हुनेछ।
अवार्डका लागि फिफाले गत महिना ८ विधाको अन्तिम मनोनयन सार्वजनिक गरेको थियो।
वर्षको उत्कृष्ट पुरुष खेलाडीमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसी, अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमारबीच प्रतिस्पर्धा हुँदैछ ।
रोनाल्डोले गत वर्ष पनि अवार्ड जितेका थिए। रोनाल्डोले चार पटक अवार्ड जितिसकेका छन भने मेसीले अहिलेसम्म पाँच पटक हात पारेका छन्। नेइमारले भने अहिलेसम्म अवार्ड जित्न सकेका छैनन्।
रियल म्याड्रिडले गत सिजन ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए। मेसी र नेइमारले गत सिजन बार्सिलोनाबाट खेलेका थिए। मेसी र नेइमारको बार्सिलोनाले ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन।
यो पनि – फिफा वर्ष खेलाडी : कसले मार्ला बाजी?
कसरि हुन्छ भोटिङ ?
फिफा अवार्ड लागि चार समूहमा भोटिङ भएको छ। जसमा फिफा सदस्य राष्ट्रका राष्ट्रिय प्रशिक्षक र कप्तानले भोट गरेका थिए। यस्तै विश्वभरबाट छानिएका फुटबल पत्रकार र फ्यानले पनि आफुलाई मन पर्ने खेलाडी तथा प्रशिक्षकलाई मत दिए।
भोटिङमा विश्वभरका २ सय फुटबल पत्रकारले सहभागिता जनाएका थिए। यस्तै अनलाइन मार्फत लाखौं फ्यानले भोट गरेका थिए। फिफाको अनलाइनमा फ्यानले एक पटक मात्र भोट गर्ने व्यवस्था गरिएको थियो।
सबैले मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकलाई पहिलो, दोस्रो र तेस्रो तहमा राखेर भोट गरेका थिए। चारै समूहको भोट २५–२५ प्रतिशतको आधारमा हिसाब गरिएको छ।
फिफा अवार्डको मनोनयन
पुरुष खेलाडी
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – रियल म्याड्रिड
लिओनल मेसी (अर्जेन्टिना) – बार्सिलोना
नेइमार (ब्राजिल) – पिएसजी
महिला खेलाडी
डेएना कास्टेलानोस (भेनेजुएला) – फ्लोरिडा
कार्ली लोयड (अमेरिका) – म्यानचेस्टर सिटी
लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष टिमको प्रशिक्षक
मासिमिनियानो एलेग्री (इटाली) – युभेन्ट्स
एन्टोनियो कोन्टे (इटाली) – चेल्सी
जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक
लिन्स नेलेसेन (डेनमार्क) – डेनमार्क राष्ट्रिय टिम
जेरार्ड प्रेचेउर (फ्रान्स) – ओलम्पिक लियोनास
सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर
बुफोन (इटाली) – युभेन्ट्स
केलर नाभास (कोस्टारिका) – रियल म्याड्रिड
म्यानुयल नेउर (जर्मनी) – वायर्न म्युनिख
पुस्कस अवार्ड
केभिन प्रिन्स बोएटिङ – लास पालमास
अलेजेन्द्रो कामार्गो – युनिभर्सिडाड
डेना कास्टालानोस – भेनेजुएला यू–१७
माउसा डेम्बेले – सेल्टिक
ओलिभर जिरुड – आर्सनल
एभिलेस हार्टाडो – जिजुएना जोलोस
मारियो मिन्जुकिक – युभेन्ट्स
अस्कारिन कासुलुके – कारेका एफसी
नेमेन्जा माटिक – चेल्सी
जोर्डी एमबोउला – बार्सिलोना यू–१९
फ्यान अवार्ड
बोरुसिया डर्टमुन्ड समर्थक
सेल्टिक समर्थक
एफसी कोपेनहगेन समर्थक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।