काठमाडौं– नेपाली स्टिकरहरु समावेस गरिएको ‘हाम्रो नेपाली किबोर्ड’को नयाँ संस्करण ‘गुगल प्लेस्टोर’मा सार्वजनिक गरिएको छ। अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा नेपालमै पहिलो पटक नेपाली स्टिकरसहितको किबोर्ड सार्वजनिक गरिएको हो।
किबोर्डमा नेपाली परिवेस झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकर राखिएको छ। मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेसनमा पनि प्रयोग गर्न मिल्ने छ।
किबोर्डमा नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी ८ किसिमका स्टिकरहरु समावेस गरिएको छ। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।
‘हाम्रो नेपाली किबोर्ड’को यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ। यसका लागि सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ। ‘डार्क’ तथा ‘लाइट’ गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छन्।
यसका अलावा नयाँ संस्करणमा प्रयोगकर्ताका फरक–फरक व्यवहारलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थप गरिएको छ।
‘हाम्रो नेपाली किबोर्ड’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्:
https://play.google.com/store/apps/details?id=com.hamrokeyboard
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।