लन्डन– इंग्लिस प्रिमियर लिगमा आर्सनल र टोटनह्यामले सानदार जित हात पारेका छन्। नयाँ वर्ष २०१९ मा सुखद सुरुवात गर्ने क्रममा टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० को जित निकाल्यो।
कप्तान ह्यारी केनले खेलको तेस्रो मिनेटमै गोल गरेर टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए। जारी लिगमा केनको यो १४औं गोल हो। इरिकसनले १२ मिनेटमा टोटनह्यामको अग्रता दोब्बर पारे।
टोटनह्यामका लागि तेस्रो गोल सन हेउन मिनले २६ मिनेटमा गरेका थिए।
आर्सनलले पनि फुलह्याममाथि ४–१ को जित निकाल्यो। आर्सनका लागि ग्रानिथ जाकाले २५ मिनेटमा पहिलो गोल गरे। लाकाजेटीले ५५ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे। ६९ मिनेटमा फुलह्यामका लागि कामाराले गोल फर्काए।
तर आरोन राम्सेले ७९ नाइन र आउबामेयाङले ८३ मिनेटमा गोल गरेपछि आर्सनलले फराकिलो जित हात पार्न सफल भयो।
नयाँ वर्षमा जित हात पारेसँगै टोटनह्याम अंक तालिकाको दोस्रो स्थानमा उक्लिदा साविक विजेता म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ। टोटनह्यामको २१ खेलबाट ४८ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ५४ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४७ अंक छ। चौथो स्थानको चेल्सीको २० खेबलाट ४३ अंक छ भने २१ खेलबा६ ४१ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।