• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाली \'पार्कर\' सुनार, दुई विश्व रेकर्ड बनाउँदा पनि छन् गुमनाम

64x64
नेपाल लाइभ बुधबार, पुस १८, २०७५  ०८:३०
1140x725

काठमाडौं– खेलकुदको एक विधा पार्करबारे धैरैलाई जानकारी नहुन सक्छ। पार्कर जिम्न्याटिक खेलको परिस्कृत नाम हो। शरीरलाई हावामा उडाउँदै विभिन्न अवरोध पार गर्ने पार्कर कलाले धेरैलाई मोहित र अचम्मित पार्ने गरेको छ। शरीरलाई भनेझैं हावामा उडाएर कला देखाउन जो कोहीलाई भने मुस्किल पर्छ। कोही भने जन्मजात नै पार्करको गुण बोकेर आएका हुन्छन्।

त्यस्तै गुण भएका नेपाली पार्कर हुन्, दिनेश सुनार (२७)।

खोटाङका स्थायी बासिन्दा सुनारले पार्करमा २ वटा विश्व कीर्तिमान बनाइसकेका छन्। तर पनि उनी गुमनाम जस्तै छन्। निरन्तर प्रयास र लगनले विश्व कीर्तिमान बनाएका सुनारमा पार्करको गुण भने बाल्यकालदेखि नै थियो।

'हामी झुम्राको बल खेल्न जान्थ्यौं। तर किन हो किन मलाई खेल्नभन्दा शरीरलाई हावामा उडाउदै उल्टी हान्न औधी मन पर्थ्यो,' उनी सम्झन्छन्, '६-७ वर्षको उमेरमा मै घर नजिकैको खोलाको बालुवा खोज्दै हिँड्थे। जमेको बलुवा भेट्नेबित्तिकै जिम्न्यास्टिक गर्न थालिहाल्थेँ।' उनी बिनालक्ष्य निरन्तर उल्टी हानिरहन्थे।

उच्च शिक्षाका लागि काठमाडौं आए तर उनले आफूमा भएको जिम्न्यास्टिक कलालाई कतै प्रस्फुटन गर्ने मौका पाएनन्।

२०६८ मा सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत भलिबल प्रतियोगिता हेर्न गर्न जन्मथलो खोटाङ पुगेका थिए। खोटाङको सापातेलमा भलिबलसँगै अन्य खेलकुदको प्रतिभा पनि प्रस्तुत भए। त्यहाँ सुनारले जिम्न्यास्टिकका आकर्षक स्टन्ट देखाए। जुन स्टन्टबाट महानिरीक्षक बस्नेत मोहित मात्र भएनन् सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जिम्न्यास्टिक खेलाडीको रुपमा आबद्ध हुने मौका पनि जुराइदिए। जुन सुनारको खेल जीवनको टर्निङ प्वाइन्ट बन्यो।

क्लबमा आबद्ध भएपछि उनी केही नयाँ गर्ने सोच बनाइरहेका हुन्थे। यस्तैमा सुनारलाई युट्युबमा पार्कर सम्बन्धी भिडियोले आकर्षित गर्‍यो। बाल्यकालदेखि नै पार्करको गुण भएका उनमा भिडियोमा लगाव बढ्न थाल्यो। निरन्तर भिडियो हेरेर कला सिक्ने बानी नै पर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

भिडियो हेर्दा जादा एकदिन उनले पार्करले बनाएका विश्व रेकर्ड पनि पनि देखे। ती मध्ये 'ट्विस्टिङ ब्याक' (भित्तामा उल्टी हान्ने) रेकर्ड उनको नजरमा पर्‍यो। रेकर्ड एक मिनेटमा १५ पटक भन्दा कम थियो। उनमा त्यो रेकर्डभन्दा कम समयमा ट्विस्टिङ ब्याक गर्न सक्ने आत्मविश्वास थियो। त्यसलै उनी गिनिज वर्ल्ड रेकर्ड राख्ने सक्ने आँटसहित तयारीमा लागे। खाने र सुत्नेबाहेक अधिकांश समय ट्विस्टिङ ब्याक फ्लिपमा बिताउन थाले।

उनलाई गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न आर्थिक रुपमा सहज थिएन। तर पनि नेपाल एपिएफ क्लब र क्यालिबर सुज नेपालको सहयोग पाए।

लगातार तालिमपछि उनले १ जुन २०१७ मा ट्विस्टिङ ब्याक फ्लिप पार्कर फ्रि स्टाइल विधामा १ मिनेटमा १८ पटक गरेर गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भए।

Xtrem

Xtrem

पहिलो रेकर्ड राख्न सफल भएपछि उनी हौसिए। पहिलो रेकर्ड बनाएको एक वर्षपछि उनले ब्याक फ्लिप विधामा नयाँ रेकर्ड कायम गर्ने सोच बनाए। पहिलाझैं दोस्रो रेकर्डका लागि पनि युट्युब भिजिट गरे। युट्युबमा सोचेभन्दा कम नै भेटे। १४ जनवरी २०१८ मा सुनारले ब्याक फ्लिप विधामा ३० सेकेन्डमा १६ पटक फ्लिप गरेर नयाँ रेकर्ड कायम गर्दै गिनिज वर्ल्ड रेकर्डमा दोस्रोपटक आफ्नो नाम लेखाउन सफल भए।

गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनुबाहेक उनले आफ्नो खेल जीवनमा पनि धेरै सफलता हात पारेका छन्। २०७० मा राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगितामा फ्लोर एक्सरसाइज विद्यामा स्वर्ण पदक हात पारेका थिए। २०७३ को सातौं राष्ट्रिय खेलकुदमा जिम्न्यास्टिक खेलको टिम विधामा स्वर्ण पदक हात पारे भने व्याक्तिगत विधामा रजत पदक हात पार्न सफल भए।

२०१८ मा अमेरिकामा सम्पन्न पार्कर विश्वकपमा सहभागी भएका उनी उत्कृष्ट १० मा पर्न सफल भए। नेपाली खेलाडी उत्कृष्ट १० मा परेको यो पहिलो पटक हो। सुनार नेपालको पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त पार्कर प्रशिक्षक हुन्।

सुनार अहिले तेस्रो गिनिज वर्ल्ड रेकर्डको तयारीमा छन्।

उनी ‘द मोस्ट ट्वीस्टिङ व्याक फ्लिप अफ वाल इन थर्टी सेकेन्ड’ मा रेकर्ड राख्ने तयारीमा जुटेका हुन्। जसका लागि सरकारबाट सहयोग चाहन्छन्। तर आशा गर्ने अवस्था नभएको उनको भनाइ छ।

'सरकारको आस गर्दिनँ। किनकि दुईपटक मुलुकको नाम संसारमा चिनाए। तर केही भएन। बरु भारतमा नेपाली युवाले यस्तो गर्‍यो  भनेर चार्च भयो। तर नेपालमा के भएको थियो भन्नेसम्म पनि थाहा छैन,' उनको गुनासो छ। 

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा?
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्