काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा सोमबार काठमाडौंमा प्रर्दशन गरेका छन्।
आफूहरुलाई बेवास्ता गरेर ल्याइएको सो अध्यादेश मान्य नहुने चेतावनी दिँदै आएको युनियनले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेको हो।
कर्मचारीहरुको वृत्ति विकास समेत रोकिने गरी सो अध्यादेश सरकारले ल्याएकाले विरोधमा सडक प्रर्दशन गर्नु परेको युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए। 'एकलौटी ढंगले सरकारले ल्याएको कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुँदैनौं,' पोखरेलले चेतावनी दिए।
युनियनले सरकारले ल्याएको लेखा परीक्षणसम्बन्धि विधेयकको विरोध गर्ने लेखा परीक्षकको निर्णयप्रति पनि ऐक्यबद्धता जनाएको छ।
अध्यक्ष पोखरेलले संविधान विपरीत हुनेगरी सरकारले निजामती सेवा ऐन ल्याएको दाबी गर्दै आपत्ति पनि जनाए।
विरोध प्रर्दशनमा कर्मचारीहरुको सेवा र सर्तसम्बन्धि प्रावधान कुल्चने काम कर्मचारी समायोजनको नाममा गरिरहेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।