काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरुलाई सपथ गराएका छन्।
सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराइएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। सरकारले सोमबार नै उनीहरुलाई कुलपति पदमा नियुक्त गरेको हो।
यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिव विपिन कुमार घिमिरेले पनि सोमबार नै सपथ ग्रहण गरेका छन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिव श्याम प्रकाश तमोटले पनि सोमबार नै सपथ ग्रहण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।