• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सर्वोच्चको २८औं नेतृत्वमा पुग्लान् त चोलेन्द्र?

संसदीय सुनुवाइ आज
64x64
नेपाल लाइभ आइतबार, पुस १५, २०७५  ११:१८
1140x725

काठमाडौं– सर्वोच्च अदालतको २८औं नेतृत्वका लागि प्रस्तावित न्यायाधीश चोलेन्द्र शमशेर राणाको आइतबार सुनुवाइ हुँदैछ।

संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले जबराको नाम अनुमोदन गरेमा उनी ६७ वर्षे इतिहास भएको न्यायालयको उच्च नेतृत्वमा पुग्ने छन्। 

आइतबार दिउँसो २ बजे उनीमाथि लागेका आरोपहरुका बारेमा सुनुवाई हुँदैछ। सो क्रममा आफूमाथिका आरोप तथा सांसदहरुले राखेका जिज्ञासाको राणाले जवाफ दिनेछन्। राणाको जवाफ चित्त बुझेमा समितिले उनको नाम अनुमोदन गर्नेछ।

नियुक्ति देखि नै विवादमा तानिएका राणाको नाममा ९ वटा उजुरी संसदीय समितिमा परेका छन्। शुक्रबार समितिले उजुरीकर्ताहरुसँग समेत छलफल गरिसकेको छ।

राणाकै सहकर्मी न्यायाधीश दिपकराज जोशी यसअघि सुनुवाइ समितिबाट अस्वीकृत भएकाले राणाको नाम पूर्णरुपमा ढुक्क हुने स्थिति देखिँदैन। राणालाई महाअभियोग लगाउने माग समेत उजुरीमा गरिएको छ। राणा अस्वीकृत भएमा उनीबाहेक तत्कालमा अर्को व्यक्ति प्रधानन्यायाधीश हुने अवस्था छैन। 

सर्वोच्च अदालतको स्थायी न्यायाधीशको रुपमा ३ वर्ष काम गरेको व्यक्ति हुनुपर्ने व्यवस्थाका कारण राणाको नाम स्वीकृत नभए केही समय सर्वोच्च नेतृत्वविहिन हुने निश्चित छ। यही परिस्थितिका बीचमा राणाको नाम अनुमोदन हुने निश्चित जस्तै रहेको जानकारहरु बताउँछन्।

यस्ता छन् राणाविरुद्ध परेका उजुरीहरु

९ थान मध्ये ८ थान उजुरी राणाको कार्यसम्पादन सम्बन्धमा प्रश्न उठाउँदै दर्ता भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राणाले उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्यहरु विवादास्पद भएकाले उनलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोग समेत लगाउनु पर्ने दाबी उजुरीमा गरिएको छ।

राणाविरुद्ध दर्ता भएको पहिलो उजुरी सार्वजनिक पोखरीको नाममा रहेको जग्गा आफन्तको नाममा हुने फैसला सुनाएको भन्ने छ।
वीरगञ्जको छपकैया पोखरीको जग्गा राणाले नाता पर्ने प्रमोद शाहको नाममा फैसला गरेको उजुरीमा उल्लेख छ।

जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले सार्वजनिक कायम हुने भनिएको फैसला उल्टाउँदै न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराले २०७१ भदौ ८ गते शाहको नाममा दर्ता कायम गर्न आदेश दिएको थियो।

छपकैया पोखरी वीरगञ्जमा छठ पर्व मनाइने महत्वपूर्ण पोखरीमध्येको एक हो। पोखरीको पश्चिम भागमा छठदेवीको मन्दिरसमेत छ।

Xtrem

Xtrem

२०२१ सालसम्म ऐलानी जग्गाका रूपमा रहेको उक्त पोखरीलाई २०४८ सालमा प्रमोद शाहले आफ्नो नाममा गराएका थिए। तर, शाहले व्यक्तिगत भनेर दर्ता गराएको जग्गालाई पुनः सार्वजनिक कायम गर्न २०४९ सालमा नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण भुर्तेलले मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा २०५२ सालमा जिल्ला अदालत पर्साले, २०५४ सालमा पुनरावेदन अदालत, हेटौंडाले तथा २०५६ सालमा सर्वोच्च अदालतले ‘प्राविधिक विषयलाई आधार मानेर’ हकदाबी नपुगेको तथा हदम्याद गुजारेको भन्दै खारेजी गरिदिएको थियो।

२०६५ असार २६ गते छपकैया पोखरीलाई सार्वजनिक ठहर गरिदएको थियो भने उक्त ठहरलाई २०६७ सालमा तत्कालीन पुनरावेदन अदालतले पनि सदर गरेको थियो।

तर, सर्वोच्च अदालतमा जोशी र राणाको बेन्चले पोखरी शाहको नाममा दर्ता कायम गरिदिएको थियो।

राणाविरुद्धको दोस्रो उजुरी पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो हुने भनि गरेको फैसलामा आधारित छ। छाउनीको १५ रोपनी जग्गा र घर शाहको दाइजो हुने भनि राणा सहितको इजलाशले गरेको फैसला सर्वोच्चबाटै उल्टिएकाले उनीमाथि छानबिन गरी महाअभियोग लाग्नु पर्ने उजुरीमा दाबी गरिएको छ।

राणाको फैसलाले नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा जाने अवस्था आएको तर उनी पछिका न्यायाधीशले त्यसलाई जोगाएको दाबी उजुरीमा गरिएको छ। तर, राणा प्रधानन्यायाधीशको लागि सिफारिस भए लगत्तै उक्त जग्गा फिर्ता पाउनु पर्ने दाबी गर्दै रिटसमेत दर्ता भएकाले संसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गर्न नहुने उजुरीमा उल्लेख छ। 

राणाविरुद्धको तेस्रो उजुरी विशेष अदालतमा रहँदा गरेको कार्यसम्पादनका बारेमा रहेको छ। राणाले विशेषमा रहँदा भ्रष्टाचारका मुद्दामा सफाइ दिएको उल्लेख छ। राणासहितको इजालशले गोविन्दराज जोशी, खुमबहादुर खड्का, जेपी गुप्ता, चक्रबन्धु अर्याललगायत करीब ३५ थान भ्रष्टाचारको मुद्दामा तथ्य मै प्रवेश नगरी सफाइ दिएकोले योग्य नभएको दाबी उजुरीमा गरिएको छ।

अख्तियारले दायर गरेको ३६ थानमध्ये १ मा मात्र दोषी ठहर हुने फैसला सुनाएको उजुरीमा उल्लेख छ।

राणाविरुद्धको अर्को उजुरीमा गैरकानुनी सौदावाजीबाट न्यायाधीशको रुपमा प्रवेश भएको दाबी गरिएको छ। काठमाडौं महानगरपालिकामा कानुन अधिकृत रहेका राणाले २०५१ सालमा प्रधानन्यायाधीश रहेका सुरेन्द्रप्रसाद सिंहविरुद्ध उमेर सच्चाइएको मुद्दा हाल्दै उच्च अदालतमा प्रवेश गरेको भनिएको छ। 

दुई राणाबीचमा मुद्दा फिर्ता लिने र न्यायाधीश नियुक्त गर्ने सम्झौता भएको जिकीरसमेत उजुरीमा गरिएको छ। पछि राणाले नै सिंहको पक्षमा बहस गरेपछि उक्त निवेदन खारेज भएको थियो।

राणाविरुद्ध दायर भएको चौथो उजुरी जुवाकाण्ड सम्बन्धी रहेको छ। तत्कालीन पुनरावेदन अदालतमा विराटनगरमा हुदाँ जुवा सम्बन्धी मुद्दामा आरोपितलाई सफाइ दिन गलत व्याख्या गरेको उजुरीमा जनाइएको छ। ‘म्यारिज’ खेलेको आरोपमा पक्राउ परेका व्यक्तिलाई बौद्धिक खेलको व्याख्या गर्दै सफाइ दिएको उजुरीमा उल्लेख छ। 

राणाविरुद्ध दर्ता भएको अर्को उजुरीमा मेडिकल माफियासँग राणाको सम्बन्ध रहेको दाबी गरिएको छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले मेडिकल कलेजसम्बन्धी मुद्दामा फैसला गर्ने र त्यसको सम्पर्क माध्यम राणा भएको बताइएको छ।

युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख धुव्र पौडेलले सार्वजनिक गरेको अडियोमा राणाको नाम रहेको उजुरीमा उल्लेख छ।

प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो। संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्।

प्रकाशित मिति: आइतबार, पुस १५, २०७५  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्