काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
रिजालले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तासँगै रिजाल पनि कांग्रेसको आगामी नेतृत्व चयनको प्रतिस्पर्धामा सहभागी भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। निर्वाचन समितिले तोकेको समयभित्र सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका आकांक्षीहरूले मनोनयन दर्ता गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।