काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताएका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
नेपालमा श्रमजवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिति सुधार गर्नका लागि सधैं सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ। सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने उनले बताए।
'हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं,' प्रधानमन्त्री ओलीले भने, 'मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो।'
प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभई गरिबलाई धनी बनाउने बताए। 'सामाजिक समानताका आधारमा गरिबलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरीका कार्यक्रमहरु ल्याउछौं,' प्रधानमन्त्री ओलीले भने, 'सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ। तर हामी त्यो अवस्थामा पुग्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।