काठमाडौं– बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमतिस्थित कृपाघर सुधार केन्द्रमा प्रहरीले छापा मारेको छ।
प्रहरीले कृपाघरबाट ४९ जना महिलाहरूको उद्दार गर्नुका साथै केन्द्र सञ्चालिका ३० वर्षीया सुरती गुरुङ समेत ४ जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ, जिल्ला प्रशासन कार्यालय तथा माइती नेपाल समेतको टोलीले अनुगमन गर्ने क्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले केन्द्रमा रहेका ४९ जना महिला उद्दार गरेको हो।
उद्दार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।