एजेन्सी– दक्षिण भारतीय अभिनेता महेश बाबूका २ वटा बैंक खाता बन्द गराइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार महेशले सन् २००७ र २००८ मा तिर्नुपर्ने वस्तु तथा सेवा करवापतको १८ दशमलव ५ लाख रुपैयाँ नतिरेकाले उनको बैंक खातामा रोक लगाइएको हो।
महेश बाबूले २ वर्षमा ब्रान्ड एम्बेस्डर, अभिनय तथा अन्य उत्पादकीय क्षेत्रको प्रचारका लागि गरेको विज्ञापनबाट प्राप्त रकमको करयोग्य भुक्तानी अहिलेसम्म तिरेका छैनन्। जसका कारण उनको एक्सिस बैंक र आइसीआइसीआई बैंकमा रहेको ७३ दशमलब ५ लाख भारतीय रुपैयाँ भएका २ वटा बैंक खाता रोक्का गरिएको हैदरबादस्थित वस्तु तथा सेवा कर कार्यालयले जनाएको छ।
सर्वाधिक कमाइ गर्ने दक्षिण भारतीय अभिनेताहरुको अघिल्लो सूचीमा रहेका महेशको कूल अनुमानित सम्पत्ति भने १ सय ४० करोड भारतीय रुपैयाँ भन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ।
महेशले कुनै एक फिल्मका लागि १८ देखि २० करोड भारुसम्म पारिश्रमिक लिने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।