रुपन्देही– स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ।
प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६ र ८ मा अस्पताल अगाडिको भुडकीचोकदेखि हिलपार्क जाने पुलसम्म ८ वटा सिसी क्यामेरा जडान गरेका हुन्।
क्यामराको निगरानी सुख्खानगरस्थित प्रहरी चौकीले गर्ने छ। सडक दुर्घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जडान गरिएको क्यामेरा बिहीबारबाटै सञ्चालनमा आएको टोल विकास संस्थाका उपाध्यक्ष नवराज चापागाईंले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।