काठमाडौं- अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अर्को उत्कृष्ट प्रदर्शन गरेका छन्। मलेवर्न स्टार्सका मुख्य बलर सन्दीपले सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिएका हुन्।
सन्दीपले सिड्नीका कप्तान मोइसेस हेनरिक र टम कुरानलाई आउट गरेका हुन्। सन्दीपले दुवै विकेट एलबिडब्लूमार्फत लिए। सन्दीपले नवौं ओभरमा हेनरिकलाई ९ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारे। यस्तै कुरानलाई सन्दीपले १२औं ओभरमा २ रनको व्यक्तिगत स्कोरमा आउट गरे।
खेलमा मेलवर्नले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सिड्नीले पहिले ब्याटिङ गरिरहेको हो।
सन्दीपले आफ्नो ४ ओभर बलिङमा १८ रन खर्चिए। जसमा उनले १ चौका मात्र खाए भने ५ बल डट फाले।
योसँगै सन्दीप बिबिएलमा सर्वाधिक विकेट लिने खेलाडीको पहिलो नम्बरमा उक्लिएका छन्। उनले ३ खेलमा ७ विकेट लिइसकेका छन्। यसअघि सन्दीपले सिड्नी थन्डरविरुद्ध २ विकेट र होबर्टविरुद्ध ३ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।