काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार पनि बस्दैछ।
बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्न लागेको हो।
गत मंसिर २९ देखि जारी बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने कार्यक्रम छ। यसअघि बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।
बैठकमा प्रचण्डबाहेक अन्य ४७ सदस्यले धारणा राखेका थिए। बैठकमा विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा आलोचना भएको थियो।
ओलीको जवाफसँगै राजनीतिक प्रतिवेदनलाई परिमार्जन सहित पारित गरी आजै बैठक टुंगिने सम्भावना छ।
स्थायी समितिमा प्रचण्डको दुईघन्टे भाषण– पार्टी एकता नगर्न लोभ र धम्की दिइयो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।