• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'हेभीवेट' नेताहरुको यस्तो हुँदैछ रोचक भिडन्त

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ५, २०७४  १६:०७
1140x725

काठमाडौं- नयाँ संविधान जारी भएपछि यसअघि कायम रहेका निर्वाचन क्षेत्र गाभिएपछि अधिकांश हेभीवेट नेताहरु आपसी प्रतिस्पर्धामा देखिएका छन्। पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका नेताहरु एक-आपसमा टक्कर दिन मैदानमा उत्रिएका छन्। पहिले एकै पार्टीमा रहेर सहकार्य गरेका वरिष्ठ नेताहरु अहिले गठबन्धन बनेपछि आपसी भिडन्तमा समेत उत्रिने भएका छन्। 

बाबुराम भट्टराई भर्सेस नारायणकाजी श्रेष्ठ

यसपटक पूर्व प्रधामन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नाराणकाजी श्रेष्ठबीच यसपालि प्रतिनिधिसभा निर्वाचनमा रोचक भिडन्त हुने भएको छ। दुवै नेता गोरखा २ बाट चुनावमा होमिदैछन्। कुनै समय माओवादीका सहयात्री नेताहरु एकापसमा प्रतिस्पर्धी भएर उत्रन लागेका हुन्। पहिलो संविधानसभामा भट्टराई गोरखा २ बाट र दोस्रो संविधानसभामा गोरखा १ बाट विजयी भएका थिए भने श्रेष्ठ मकवानपुर २ बाट पराजित भएका थिए।

पशुपति शमशेर भर्सेस शेरबहादुर तामाङ

तीन दशकदेखि राजनीतिमा सक्रिय राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शमशेर राणाको सम्भवत: अन्तिम चुनावी प्रतिस्पर्धा हो यो। पहिलो संविधानसभामा माओवादीका सांसद दावा तामाङ र दोस्रो संविधानसभामा एमालेका सांसद शेरबहादुर तामाङसँग राणा पराजित भएका नेता हुन्। अहिले उनी लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक २ बाट चुनाव लड्दैछन्।

हाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि यस पटक वाम गठबन्धनका हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। अघिल्लो संविधानसभा निर्वाचनमा १ नम्बरबाट विजयी भई मन्त्री भएका बस्नेतले यस पटक पूर्वमन्त्री अग्नि सापकोटालाई प्रतिस्पर्धीको रुपमा पाएका छन्। तीन वटा निर्वाचन क्षेत्र हुँदा २ नम्बरबाट विजयी भएका सापकोटा यस पटक जिल्लाको निर्वाचन क्षेत्र मर्ज भएपछि बस्नेतसँग भिडन्त गर्न पुगको हुन्।

रामहरि खतिवडा भर्सेस यज्ञराज सुनुवार

अघिल्लो संविधानसभामा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगाले यस पटक एक क्षेत्रमै प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएपछि दुवै गठबन्धनका चर्चित अनुहार नै प्रतिस्पर्धामा देखिएका छन्। लोकतान्त्रिक गठबन्धनवाट नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा प्रतिस्पर्धामा उत्रेका छन् भने उनलाई एमालेका युवा नेता यज्ञराज सुनुवारले टक्कर दिँदैछन्। जिल्लामा दुवै नेता लोकप्रिय छन्। दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

रामशरण महत भर्सेस हितबहादुर तामाङ

नुवाकोट १ मा पूर्व अर्थमन्त्री डा रामशरण महतलाई वाम गठबन्धनका नेता हितबहादुर तमाङले टक्कर दिँदैछन्। केही वर्षदेखि महत सोही क्षेत्रवाट निर्वाचित हुँदै आएका छन्। एमाले र माओवादी एक ठाउँमा उभिएकाले महतलाई तमाङले टक्कर दिने देखिन्छ। अघिल्लो संविधानसभा निर्वाचनका थोरै मतले विजयी भएका महतलाई यसपटक आफ्ने किल्ला जोगाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ।

अर्जुननरसिंह केसी भर्सेस नारायणप्रसाद खतिवडा

लामो समयदेखि नुवाकोटबाटै राजनीति गरेका अर्जुननरसिंह केसी पनि यसपटक २ नम्बर क्षेत्रवाट चुनावी मैदानमा उत्रेका छन्।केसीसँग वाम गठबन्धनका नारायणप्रसाद खतिवडा भिड्ने भएका छन्। उनी एमालेका जिल्ला अध्यक्ष हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चीनकाजी श्रेष्ठ भर्सेस हरि अधिकारी

अघिल्लो पटक समानुपातिक सूचीबाट सांसद हुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक बनेका श्रेष्ठले यस पटक वाम गठबन्धनका हरि अधिकारी प्रतिस्पर्धी पाएका छन्। नयाँ शक्ति पार्टीसँग गठवन्धन भएकाले पनि माओवादीको आधार क्षेत्रको रुपमा रहेको गोरखामा श्रेष्ठलाई सहज छैन। पहिलो संविधानसभामा पराजित भएको क्षेत्र भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ।

जर्नादन शर्मा भर्सेस वीरवहादुर ओली

पूर्व गृहमन्त्री एवं माओवादीका प्रभावशाली नेता जर्नादन शर्माले यस पटक लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। माओवादीको आधार क्षेत्र रुकुम भए पनि र नेपाली कांग्रेस समेत प्रतिस्पर्धी दलको रुपमा रहेकाले दुई पक्षीय टक्कर हुने देखिन्छ।

माओवादीका अर्का प्रभावशाली नेता वर्षमान पुन यस पटक पनि रोल्पावाट निर्वाचनमा उत्रेका छन्। अघिल्लो संविधानसभा निर्वाचनमा पराजित भएका माओवादी नेता पुन यसपटक गठवन्धनलाई आधार बनाउन रोल्पाबट प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन्। यस पटक लोकतान्त्रिक गठबन्धनका तर्फबाट अमरसिंह पुनले उनलाई चुनौती दिँदैछन्।
  
शक्तिबहादुर बस्नेत भर्सेस राजीवविक्रम शाह

पूर्व गृहमन्त्री शक्ति बस्नेत यसपटक जाजरकोटबाट निर्वाचनमा भाग लिँदै छन्। उनलाई नेपाली कांग्रेसका पूर्व सांसद राजीवविक्रम शाहले टक्क दिने भएका छन्। अघिल्लो संविधानसभामा २ निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा अहिले एकमात्र क्षेत्र कायम भएको छ।

टेकबहादुर गुरुङ भर्सेस पाल्तेन छेवाङ गुरुङ

दीपक मनाङ्गे वाम गठबन्धनमा प्रवेश गरेसँगै मनाङ चर्चामा छ। यही मनाङमा एक पटक पूर्व श्रम मन्त्री बनिसकेका नेपाली कांग्रेसका युवा नेता टेकबहादुर गुरुङ र एमालेका जिल्ला अध्यक्ष पाल्तेन छेवाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। कम जनसंख्या रहेको उक्त जिल्लामा दुवै प्रतिस्पर्धी बीच कडा टक्कर हुने देखिन्छ।

देव गुरुङ भर्सेस दिलबहादुर घर्ती

माओवादी पार्टी छाडेर वैद्य समूहतिर गए पनि पुन: मुलपार्टीका फर्किएका देव गुरुङ यस पटक लमजुङबाट चुनावी प्रतिस्पर्धामा देखिएका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका गुरुङलाई लोकतान्त्रिकका दिलबहादुर घर्तीले चुनौती दिने भएका छन्। 

अघिल्लो संविधानसभामा निर्वाचनबाहिर रहेका गुरुङलाई आफ्नो राजनीतिक छवि कायम गर्न जित्नुपर्ने अवस्था देखिन्छ भने घर्ती उनलाई पन्छाउने दाउमा रहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू
एनपीएलमा आज दुई खेल हुँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै बिहीबार, कात्तिक १९, २०८३
के छ माैसम पूर्वानुमान ? बिहीबार, कात्तिक १९, २०८३
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्