• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आखिर किन लाग्याे आइजिपीसहितकाे टाेली कञ्चनपुरतर्फ?

64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०७५  १०:२६
1140x725

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा थप अनुसन्धानका लागि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसहितको एक टोली कञ्चनपुरतर्फ लागेको छ। प्रहरीका ३ विभागका प्रमुखसहितको टोली मंगलबार सडकमार्ग हुँदै कञ्चनपुरका लागि निस्केको हो।

निर्मला हत्याको ५ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैपनि सफलता हात पार्न नसकिरहेको अवस्थामा प्रहरी प्रमुखसहितको टोली कञ्चनपुरतर्फ लागेको हो।

टोली मंगलबार बेलुका बुटवलमा बास बसी बुधबार बिहान कञ्चनपुरका लागि निस्केको स्रोतले बतायो।

टोलीमा आइजिपी खनालसहित केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआइजी निरज बहादुर शाही, इन्टरपोल प्रमुख उमेशराज जाेशी, एसपी गणेश रेग्मी, आइजी सचिवालयका एसपी रामदत्त जोशी, महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुँवर, सई गजेन्द्र रावललगायत छन्।

कञ्चनपुर पुगेर टोलीले निर्मलाको हत्या भएको स्थानको समेत अवलोकन गर्ने बताइएको छ। घटनास्थल, निर्मलाका परिवार तथा स्थानीयसँग छलफल गरी अनुसन्धानका नयाँ पाटाहरुको समेत खोजी हुने बताइएको छ।

यसअघि शंकाष्पद मानी पक्राउ गरिएका तथा अनुसन्धानमा तानिएकाहरुमाथि पनि पुनः नयाँ ढंगबाट विश्लेषण गरिने छ। ‘घटनामा शंकाष्पद मानिएका आरोपीहरुको घटनापछिको चालचलन तथा दैनिकीलाई समेत प्रहरीले नियालिरहेको छ, स्थलगत अवलोकनपछि घटनामा उनीहरुको सम्बन्ध रहनसक्ने/नसक्ने बारे पनि विश्लेषण हुनेछ,’ स्रोतले भन्यो।

निर्मलाको हत्या भएको स्थानबाट नजिकै रहेको नेपाली सेनाको ब्यारेकका १६ जना सेनामाथि पनि अनुसन्धान गर्न सकिने नसकिने विषयमा पनि टोलीले आवश्यक चासो दिनेछ। निर्मलाको हत्या भएको दिन १६ जना सेना एकैपटक ब्यारेकबाट बाहिर निस्किएका थिए।

निर्मलाको हत्यापछि गठन भएका छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा टोलीले यसअघिको अनुसन्धानमा देखिएका कमजोरीहरुलाई समेत केलाउने तथा तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुको कार्यसम्पादनको समेत विश्लेषण हुने स्रोतले बतायो।

Ncell 2
Ncell 2
nimb
nimb

बालिका पन्तको गएको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव हत्या भएको भोलिपल्ट नजिकैको उखुबारीमा फेला परेको थियो।

निर्मला हत्याको ५ महिना बितिसक्दा पनि सरकारले हालसम्म हत्यारा पक्राउ गर्न सकेको छैन।

यसबीचमा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दर्जन भन्दा बढीको डिएनए जाँच तथा दर्जनौंसँग सोधपुछ गरिसकेको छ। निर्मलाको हत्यापछि अनुसन्धानमा खटिएका तत्कालिन कन्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टलगायतका प्रहरी अधिकारीको समेत डिएनए जाँच गरिएकोमा रिपोर्ट ‘नेगेटिभ’ आएको थियो।

स्थानीय दिलीपसिंह विष्ट, प्रदीप रावल तथा विशाल चौधरीलगायतको पनि डिएनए जाँच मिलेको थिएन। डिएनए नमिलेपछि विष्ट र चौधरीलाई हिरासतमुक्त गरिएपनि रावललाई अझै छोडिएको छैन। उनलाई गत मंसिर १८ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।

Xtrem

Xtrem

रावलले आफ्नो साविती बयानका क्रममा निर्मलाको हत्या गरेको स्वीकारेका प्रहरीले बताएको थियो। सोपश्चात् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि हत्यारा पत्ता लागिसकेको र केहीदिनमा सार्वजनिक हुने बताएका थिए।

साेमबार मात्रै पत्रकार सम्मेलन गर्दै आइजिपी खनालले निर्मला पन्त हत्यामा अनुसन्धानको प्रगति यति नै भयो भनेर भन्न नसकिने बताएका थिए। उनले प्रहरीले अनुसन्धानमा इमानदारिताका साथ प्रयास गरिरहेको दाबीसमेत गरेका थिए। पत्रकार सम्मेलनमा आइजिपीले भनेका थिए, ‘हातमा लाग्यो शून्य भन्ने पनि छैन, यति प्रतिशत पत्ता लाग्यो भन्ने पनि छैन। यो तपाईंहरुले बुझ्नुहुन्छ।’

हत्यामा जोसुकै संलग्न भए पनि कानुनी कठघराबाट उम्कन नसक्ने उनको भनाइ थियो।

घटनाका सम्बन्धमा विभिन्न काेणबाट अनुसन्धान गरिरहेकाे बताएका आइजिपी खनाल करीब १५/१६ जना प्रहरी अधिकारीकाे टाेलीसहित कञ्चनपुरतर्फ लागेका हुन्।

प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्