जनकपुर– प्रदेश स्तरीय कराँते प्रतियोगिताको लागि प्रदेश २ बाट १० जना सितोरियो कराँतेका खेलाडी छनोट भएका छन्।
छनोट भएका खेलाडीहरूमा ४५ केजी तौल समूहमा महिलातर्फ जेनी सिंह, ५० केजीमा विष्णुमाया तामाङ, ५५ केजीमा सन्ध्या लोहासुल, ६० केजीमा खुश्बू खड्का छन् भने पुरुष तर्फ ५० केजी तौल समूहमा कुशल बस्नेत, ५५ केजीमा सरोज पासवान, ६० केजीमा दिलीप पासवान, ६७ केजीमा प्रकाश भारती रहेको धनुषा जिल्ला खेलकुद समितिले जनाएको छ।
ब्राइट गोर्खा डोजोको आयोजनामा पूस १४ गतेदेखि काठमाडौंमा हुने प्रतियोगिताको लागि २ सय १६ जना कराँते खेलाडी सहभागी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।