काठमाडौं- एमालेसँग वाम गठबन्धन बनाएको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ।
चुनावी तालमेलका लागि माओवादीले एमालेसँग ६०/४० को भागबण्डा गरेको छ। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ।
माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि १६ उम्मेदवारको नाम तय गरेको छ।
प्रतिनिधिसभाका उम्मेदवार
भोजपुर- सुदन किराँती
सोलुखुम्बु- हेमकुमार राई
रामेछाप- श्यामकुमार श्रेष्ठ
सिन्धुपाल्चोक- क्षेत्र नं.–२ अग्निप्रसाद सापकोटा
नुवाकोट क्षेत्र नं.–१ हितबहादुर तामाङ
लमजुङ- देवप्रसाद गुरुङ
गोरखा- क्षेत्र नं.–१ हरिराज अधिकारी, क्षेत्र नं.–२ नारायणकाजी श्रेष्ठ
बाग्लुङ- क्षेत्र नं.–२ देवेन्द्र पौडेल
रोल्पा- वर्षमान पुन
रुकुम (पूर्व) - कमला रोका
रुकुम (पश्चिम) - जनार्दन शर्मा
जुम्ला- गजेन्द्र महत
कालिकोट- दुर्गा बहादुर रावत
हुम्ला- चिमी लामा
जाजरकोट- शक्तिबहादुर बस्नेत
यो पनि: प्रदेशसभाका ३३ सिटका लागि माओवादीका यी हुन् उम्मेदवार (सूचीसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।