एजेन्सी– भारतले अस्ट्रेलिया र न्युजिल्यान्ड विरुद्धको टी–२० र एकदिवसीय सिरिजका लागि राष्ट्रिय टिम घोषणा गरेका छ।
दुवै टिममा पूर्व कप्तान महेन्द्रसिंह धोनी फर्किएका छन्। धोनी गत जुनदेखि भारतको टी–२० टिममा थिएनन्। टी–२० र एकदिवसीय खेलमा सुस्त गतिमा रन बनाएको भन्दै आलोचना भएपछि धोनीलाई टिममा राखिएको थीउन्। यसअघि धोनी वेस्ट इन्डिज र अस्ट्रेलियासँग खेलिएको टी–२० सिरिजमा थिएनन्।
धोनीको अनुपस्थितिमा रिशव पन्तलाई विकेटकिपरको रुपमा राखिएको थियो। रिशव अहिले टी–२० टिममा परेपनि एकदिवसीय टिममा पर्न असफल भएका छन्। पन्तले अस्ट्रेलिया विरुद्धको टेस्टमा विकेटकिपिङ गरिरहेका छन्।
भारतीय टिममा हार्दिक पाण्ड्या पनि फर्किएका छन्। एसिया कपको दौरान घाइते भएका पाण्ड्या टिममा फर्किएका हुन्। अर्का अलराउन्डर केदार जादव पनि भारतको टी–२० टिममा परेका छन्।
भारत र अस्ट्रेलियाबीच १२–१८ सम्म ३ वटा एकदिवसीय सिरिज हुनेछ। त्यसपछि भारतीय टिम न्युजिल्यान्ड जानेछ। न्युजिल्यान्डसँग ५ खेलको एकदिवसीय सिरिज र ३ खेलको टी–२० सिरिज हुनेछ।
एकदिवसीय टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, शिखर धवन, अम्बाती रायुदु, दिनेश कार्तिक, केदार जादव, महेन्द्रसिंह धोनी, हार्दिक पाण्ड्या, कुलदिप यादव, युजभेन्द्र चाहाल, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, जसप्रित बुमराह, खलिल अहमेद, मोहमद सामी
टी–२० टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, शिखर धवन, रिशव पन्त, दिनेश कार्तिक, केदार जादव, महेन्द्रसिंह धोनी, हार्दिक पाण्ड्या, क्रुनास पाण्ड्या, कुलदिप यादव, युजभेन्द्र चाहाल, भुवनेश्वर कुमार, जसप्रित बुमराह, खलिल अहमेद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।