काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्तको हत्याको अनुसन्धानको प्रगति यति नै भयो भनेर भन्न नसकिने बताएका छन्।
प्रहरी प्रधान कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै आइजिपी खनालले प्रहरीले अनुसन्धानमा इमान्दार प्रयास गरिरहेको बताए।
कार्यक्रममा बोल्दै कञ्चनपुरकी १३ वर्षीया बालिका पन्त हत्या अनुसन्धानबारे आइजिपीले भने ‘हाता लाग्यो शून्य भन्ने पनि छैन, यति प्रतिशत पत्ता लाग्यो भन्ने पनि छैन। यो तपाईंहरुले बुझ्नुहुन्छ ।’
हत्यामा जोसुकै संलग्न भए पनि कानुनी कठघराबाट उम्कन नसक्ने उनको भनाइ थियो।
हतारमा नतिजा खोजिंदा कहिलेकाही गलत पनि हुनसक्ने भन्दै आइजिपी खनालले भने, ‘अनुसन्धान जारी छ। तपाईंहरुले न्युजको विभिन्न एंगल निकालेझैं हामीले पनि विभिन्न एंगलबाट अनुसन्धान गरिरहेका छौं।’
हत्या अनुसन्धानमा सञ्चारकर्मीलाई समेत सहयोग गर्न आग्रह गर्दै आइजिपी खनालले भने, ‘सुझाव दिनुस के गर्न सकिन्छ। केही नयाँ सूचना छ भने त्यो पनि दिनुस्। हामी भेरिफाइ गरेर हेर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।