काठमाडौं- लैनचौरस्थित म्हेपीमा आज बिहान भएको गोलीकाण्ड युवतीसँग सम्बन्धित विवादका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बिहान ३:४५ बजेको समयमा स्कुटरमा सवार गोरखा लाप्राकका युवक कल्याण गुरुङमाथि गोली प्रहार भएको थियो।
ठमेलस्थित डिस्कोबाट एउटा कारमा दुई युवती र एक युवक निस्किएका थिए। लगत्तै उनीहरुलाई तीन वटा स्कुटीमा ६ युवाले पिछा गर्न थाले। लैनचौर चोकमा पुगेपछि ती ६ युवाले गाडी रोक्ने प्रयास गरे। सोही क्रममा गाडीमा रहेका युवकले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। खुट्टामा गोली लागेका कल्याणको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए।
घटनामा संलग्न असुन गुरुङसहित पाँच जना पक्राउ परेका छन्। उनी सवार कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोख्रेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।