काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ।
आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पहिले अग्रता एपिएफले लियो। एपिएफका अनिस लामाले उत्कृष्ट गोल गरेर पहिले अग्रता दिलाएका हुन्।
खेल सकिन ५ मिनेट बाँकि छदा एपिएफले अग्रता दोब्बर पार्यो। यसपटक पनि अनिस नै गोल गरे।
लगत्तै आर्मीले गोल फर्काउन सफल भयो। नवयुग श्रेष्ठले ८६ मिनेटमा गोल गर्दा खेल २–१ को स्थितिमा आएको थियो।
दोस्रो हाफमा ८ मिनेट थपिएको इन्जुरी टाइममा एपिएफले गोल गर्ने २ सुन्दर मौका खेर फालेको थियो।
जितसँगै एपिएफ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। एपिएफको १० खेलबाट १६ अंक छ। चौथो स्थानको आर्मीको १८ अंक छ। दशौं चरणको अन्तिम खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।