एजेन्सी– इटालियन सिरि एमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले बलियो बलियो प्रतिद्वन्द्वी रोमालाई हराउँदै अंक तालिकामा फराकिलो अग्रता लिएको छ।
युभेन्ट्सले एएस रोमालाई १–० गोलले हराएको हो। युभेन्ट्सका लागि मान्जुकिकले गोल गरेका थिए। सिजनमा आठौं गोल गर्ने क्रममा मान्जुकिकले ३५ मिनेटमा गोल गरे।
लिगको दोस्रो स्थानमा रहेको नापोलीले स्पाललाई १–० गोलले हराएको छ।
शीर्ष स्थानको युभेन्ट्सले १७ खेलबाट ४९ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीको ४१ अंक छ भने इन्टर मिलान ३३ अंक जोड्दै तेस्रो स्थानमा छ।
पिएसजीको जित
फ्रेन्च लिगमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नान्टेसलाई १–० गोलले हराएको छ। पिएसजीको जितमा केलियन एमबाप्पेले खेलको ६८ मिनेटमा गोल गरे। लिगको दोस्रो स्थानको लिले भने पराजित भएको छ। लिलेनलाई टोउलोसले २–१ हरायो।
लिगको शीर्ष स्थानको पिएसजीको १७ खेबलाट ४७ अंक छ। दोस्रो स्थानको लिलेको १९ खेलबाट ३४ अंक छ। १८ खेलबाट ३२ अंक जोडेको लियोन तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।