बार्सिलोना– स्पेनिस ला लिगामा बार्सिलोनाले ४ अंकको अग्रता लिएको छ। शनिबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराउँदै ४ अंक अग्रता लिएको हो।
बार्सिलोनाले सेल्टा भिगोलाई २–० गोलले पराजित गरेको हो। बार्सिलोनाका लागि उस्मान डेम्बेलेले खेलको दशौं मिनेटमा पहिलो गोल गरे। लिओनल मेसीले खेलको ४५ मिनेटमा दोस्रो गोल गरे।
लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले स्प्यान्योललाई १–० गोलले हरायो।
लिगको शीर्ष स्थानको बार्सिलोनाले १७ खेलबाट ३७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकोको ३४ अंक छ। एक खेल कम खेलेको सेभिल्लाको ३१ र रियल म्याड्रिडको २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।