लन्डन– इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन पछिल्ला ३ मध्ये २ खेलमा पराजित भएको छ। सिटीलाई शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसले ३–२ गोलले पराजित गरेको हो।
सिटीलाई खेलको २७ मिनेटमा गुन्डोगनले गोल गर्दै अग्रता दिलाएका थिए। तर ३३ मिनेटमा स्च्लुपले बराबरी गोल फर्काए। २ मिनेटपछि टाउनसेन्ड गोल गर्दै प्यालेसलाई अग्रता दिलाए। ५१ मिनेटमा मिलिभोजेभिकले गोल गरेर प्यालेसलाई ३–१ गोलको अग्रता दिलाए। ८५ मिनेटमा सिटीका डि ब्रुइनले गोल गरेपनि हार टार्न सकेनन्।
लिगको अर्को खेलमा चेल्सीलाई लेस्टर सिटीले १–० गोलले पराजित गर्यो। लेस्टरको जितमा जिमी भर्डीले ५१ मिनेटमा गोल गरे।
आर्सनलले वर्नलीलाई ३–१ गोलले हरायो भने म्यानचेस्टर युनाइटेडले कार्डिफमाथि ५–१ को जित निकाल्यो।
लिगको शीर्ष स्थानको लिभरपुलको १८ खेलबाट ४८ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको टोटनह्यामको ३९ अंक छ। चेल्सी र आर्सनलको ३७-३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।