काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले मनाेमानि ढंगले सचिवालय गठन गरिएकाेमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेता रावलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो लिखित सुझाव पेस गर्दै मनोमानी तरिकाले सचिवालय गठन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनको लिखित प्रस्तावकाे पहिलाे बुँदामै भनिएको छ, 'पार्टी एकीकरणकाे पूर्वसन्ध्यामा नेकपा (एमाले)काे स्थायी कमिटी बैठकमा सचिवालय गठन गर्ने र महासचिव नियुक्ति गर्ने कुरा भएकाे थिएन। दुई जना अध्यक्ष रहने निर्णय भएकाे थियाे। उक्त निर्णयमा तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पनि सहमति भएकाे जानकारी गराइएकाे थियाे। तर पछि मनाेमानि किसिमले सचिवालय गठन गरियाे।'
उनले बैठक कार्यसूची बिना आएको भन्दै आलोचना गरेका छन्। केन्द्रीय कमिटीले पारित नगरेको विधान कसरी पारित गरियो भन्दै नेता रावलले प्रश्न उठाएका छन्।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बिहान ८ बजेबाट जारी बैठकमा नेता रावलले आफ्नो सुझाव दिएका हुन्।
नेता रावलले अध्यक्षद्वयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि ३५ बुँदे सुझाव पेस गरेका छन्।
यसअघि सोमबारको बैठकमा नेता बामदेव गौतम, घनश्याम भुषाललगायतले प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी गरेका थिए।
रावलले पेस गरेकाे सुझाव:












याे पनि पढ्नुस्:
नेकपा अध्यक्षद्वयको प्रतिवेदन – सिन्डिकेट अन्त्य भयो, प्रचार अभियान कमजोर [पूर्णपाठ]
बामदेवले भने– ओलीलाई प्रधानमन्त्री हतारमा बनाइयो, यस्तो छ फरक मतको पूर्णपाठ
नेकपा बैठकमा असन्तुष्टि नै असन्तुष्टि, घनश्याम भुसालको आरोप– अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक नै भएन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।